७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेका उम्मेदवारहरुको इमान्दारीता र असलपनले नै नगरबासीको मन जित्छ : घनश्याम भुसाल



भैरहवा । पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेका उम्मेदवारहरुको इमान्दारीता र असलपनले नै नगरबासीको मन जित्ने बताएका छन् ।

नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उमेदवारहरुको परिचय तथा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै भुसालले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारको विजयी यात्रा सुनिश्चित भएको दाबी गरे ।

निर्वाचनमा इमान्दार र असल व्यक्तित्व भएका उमेदवारलाई मत दिनुपर्ने बताउँदै उनले यतिबेला स्थानीय तहको निर्वाचनको क्रमममा केही ठाउँहरुमा जस्तो सुकै प्रवृत्तिका मान्छे पनि उम्मेदवार भएको बताए ।

‘मतदातालाई विभिन्न आश्वासन र सपना बाड्न सक्छन् त्यस तर्फ सबै सचेत हुदैं असल र इमान्दार व्यक्तित्व छनौट गर्नु पर्दछ ’ उनले भने ।

नेता भुसालले एमालेको तर्फबाट सिद्धार्थनगरमा मेयरका उम्मेदवार डा. रामप्रसाद बस्यालको प्रशंसा गर्दै भने, ‘राजनैतिक इमान्दारीता र परिपक्वताको दृष्टिले अत्यन्तै असल छबीका व्यक्ति मात्रै होइन आम सिद्धार्थनगरबासीको रोजाइको हिसाबले पनि सबैको साझा उम्मेदवार हो ।’

रुपन्देही प्रचार विभाग प्रमुख हितराज पन्थिले एमालेको राष्ट्रियता, देशभक्ति र समग्र मुलुकको दीर्घकालिन विकासको योजना नै जितको मुख्य आधार भएको बताए । पाँच वर्षमा एमाले नेतृत्वको स्थानीय तहमो देखिनेगरी भएको विकास आगमी निर्वाचनमा जितको अर्को आधार भएको उनले बताए ।

चार दशकदेखि एमालेको राजनीतिमा सक्रिय मेयरका उम्मेदवार डा. बस्यालले सिद्धार्थनगरमा उदाहरणीय काम गर्दै जनताको सेवक हुनेगरी आफ्नो उम्मेदवारी रहेको बताए ।

यसैगरी उपमेयरको उम्मेदवार उमा अधिकारीले सामाजिक रुपान्तरण र चेतनाको स्तरबृद्धि गर्नेगरी आफुहरुले काम गर्ने समेत बताइन् ।

सिद्धार्थनगरमा एमालेको तर्फबाट उम्मेदवार रहेका डा. बस्याल , पेशाले चिकित्सक हुन् । पाल्पामा जन्मिएर भारतमा पढेर २०२८ सालमा उनी नेपाल आए । उनले भैरहवालाई ४६ वर्षदेखि कार्यक्षेत्र बनाए ।

चिकित्सक पेशासंगै पाल्पाबाट २०४२ सालमा जनपक्षीय उमेदवार बनेका उनले सफलता भने पाएनन् ।

यसैगरी नेकपा एमालेको तर्फबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा उमा अधिकारीले लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेकी एमाले जिल्ला कमिटी सदस्य हुन् ।

२०५७ सालमा नेकपा एमालेको भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएकी उमा २०६० सालमा अखिलको रुपन्देही जिल्ला कमिटी सदस्य र भैरहवा बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष भएकी थिइन् । उमा सोही समयमा अखिलको अंचल कमिटी सदस्य हुँदै महिला विभाग प्रमुख समेत भएर काम गरिन् ।

उनी नेकपा एमालेमा २ कार्यकाल क्षेत्रिय कमिटी सदस्य र २ कार्यकाल जिल्ला कमिटी सदस्य भइसकेकी छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ९ : ३९ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र