२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

पुरानो मिति राखेर भूसाल र झांक्रीसहितका नेताहरुलाई गरिएको कारवाहीको विज्ञप्ति सार्वजनिक



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत भएको तत्कालिन नेकपा एकीकृत समाजवादीका ६ जना नेताहरुलाई कारवाही गरिएको पत्र पुरानो मिति राखेर सार्वजनिक गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा भएको भोलिपल्ट नेकपा एकीकृत समाजवादीका ६ नेतालाई कारबाही गरिएको पत्र अघिल्लो दिनको मिति राखेर आज सार्वजनिक गरिएको हो ।

अध्यक्ष माधव कुमार नेपालले हस्ताक्षर गरेको एकीकृत समाजवादीका नेताहरु घनश्याम भूसाल, रामकुमारी झांक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको विज्ञप्ति कार्तिक १९ गतेको मिति राखेर आज सार्वजनिक गरिएको छ ।

माधव नेतृत्वको एकीकृत समाजवादी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका विभिन्न १० घटकसँगको एकतामा समाहित भइसकेको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय लिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ५ : ४७ बजे

कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला, नयाँ बसपार्कमा रातिदेखि नै लाइन

काठमाडौं । दसैँमा घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज