११ पुस २०८२, शुक्रबार | December 26, 2025

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहका ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न यतिधेरै उम्मेदवारी परेको हो। यो गएराति ९ बजेसम्म निर्वाचन आयोगमा आयोगमा आएको विवरण हो । अझै केही स्थानीय तहको विवरण आउन बाँकी रहेको आयोगले जनाएको  छ।

निर्वाचत आयोगका अनुसार मेयरमा तीन हजार ४६६, उपमेयरमा दुई हजार १३६, गाउँपालिका अध्यक्षमा तीन हजार ३७८ र उपाध्यक्षमा दुई हजार ३९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, वडाध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, मेयरमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा ४४६, उपमेयरमा २८३ र उपाध्यक्षमा ४४५ जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट वडाध्यक्षमा ६ हजार ४६८ जनाले उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसबाट मेयरमा २६३ र अध्यक्षमा ३८२ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा २४८, अध्यक्षमा २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट मेयरमा एक हजार ३७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

उपमेयरमा राप्रपाबाट २२७, कांग्रेसबाट २१० उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्षमा कांग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट ३१४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६ हजार ४६८, कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट चार हजार ३८५ र स्वतन्त्रबाट पाँच हजार ८३१ जनाको उम्मेदवारी परेको छ ।

महिला सदस्यमा एमालेबाट ६ हजार ३१८, कांग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट चार हजार १०७ र राप्रपाबाट दुई हजार ८९ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार ११२, कांग्रेसबाट पाँच हजार ७३१, माओवादी केन्द्रबाट तीन हजार ८३५ र राप्रपाबाट एक हजार ६३३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सदस्यमा एमालेबाट १२ हजार ६७०, कांग्रेसबाट ११ हजार ९३४, माओवादी केन्द्रबाट आठ हजार ५३८ र राप्रपाबाट चार हजार ६३० जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : २४ बजे

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त हुने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् पुनः विस्तार गर्ने तयारी

अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता

काठमाडौं । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्