२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

उद्योगमा अघोषित लोडसेडिङ, मारमा उद्योगी-व्यवसायी



भैरहवा । कोभिडले थला परेको उद्योगी व्यवसायी विस्तारै चलायमान हुन थालेपनि अघोषित लोडसेडिङको मारमा परेका छन् ।

अघोषित रुपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका दर्जन बढी उद्योगको उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् । विद्युत अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायी मात्रै होइन सर्वसाधरण पनि सहज ढंगले काम गर्न पाएका छैनन् । अत्यधिक गर्मीबीच अघोषित रुपमा भइरहेको लोडसेटिङले आमनागरिकको जीवन पनि कष्टकर बन्दै गएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उद्योगमा एक महिनादेखि दैनिक १२ घण्टा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित रुपमा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको बताए ।

दिनको समयमा पनि पटक-पटकको ट्रिपिङ, लो भोल्टेजको कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने, उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको उनले बताए । ‘घण्टौँ लगाएर कतिपय वस्तुको उत्पादन हुन्छ बीचमै विधुत गएर ती वस्तु उत्पादन नभई फाल्नु पर्ने हुन्छ जसले लागत पनि बढेको छ,’ अध्यक्ष न्यौपानेले भने । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखा, प्रादेशिक कार्यालय र वितरण केन्द्र भैरहवा, बुटवल र नयाँ मिलमा ध्यानाकर्षण गराइएको उनले बताए ।

रुपन्देहीका ३३ केभीए विद्युततबाट चल्ने ५० बढी उद्योगमा वैशाख दोस्रो सातादेखि दैनिक १२ देखि १६ घण्टा अघोषित लोडसेडिङ भइरहेको संघका एशोसियट सदस्य विकास गोयनकाले बताए । यी क्षेत्रमा दैनिक बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने गरेको छ ।

विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले विद्युत आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताए । ‘आएको विद्युत वितरण गर्ने हो, उद्योगको माग अनुसारको आपूर्ति नभएकोले विद्युत अनियमित हुने गरेको छ यो अघोषित लोडसेडिङ होइन,’ उनले भने ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १० : ०० बजे

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको

खजुरामा भोलिबाट रनिङ शिल्ड : आठौं खजुरा मेयरकप रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर