२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलका प्रमुख–उपप्रमुख झाडु बोकेर सडक सरसफाईमा



बुटवल । बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी सरसफाइ अभियान सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्याल दुबैजना झाडु बोकेर सडक सफाइ गर्दै अभियानमा दैनिक सहभागी हुने गरेका छन् ।

माघ २५ देखि फागुन २ गतेसम्म सञ्चालन हुने अभियानको दोस्रो दिन सोमबार बुटवलको योगीकुटीदेखि कालिका स्कुलसम्म सरसफाइ गरिएको छ । बिहानै सडकमा पुगेका नगर प्रमुख पाण्डेयले सरसफाइ अभियानलाई औपचारिक कार्यक्रममा सीमित नराखी दैनिक जीवनशैलीको हिस्सा बनाउन आग्रह गरे । उनले अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै स्वच्छ शहर निर्माणमा निरन्तरता आवश्यक रहेको बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई स्वच्छ, हरियाली र व्यवस्थित शहरका रूपमा विकास गर्न सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन् । नियमित सरसफाइमार्फत बुटवललाई सफा, स्वस्थ र आकर्षक शहर बनाउने लक्ष्य उपमहानगरपालिकाले लिएको उनले बताइन् ।

सोमबारको अभियानमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अभियानको पहिलो दिन आइतबार नयाँ बसपार्क क्षेत्रबाट सरसफाइ सुरु गरिएको थियो । उक्त कार्यक्रममा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका कर्मचारी, विभिन्न टोल विकास समितिका प्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

उपमहानगरपालिकाले फागुन २ गतेसम्म प्रत्येक दिन बिहान सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ८ : ४७ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा