२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

स्थानीयतह निर्वाचनको मुख्खैमा लुम्बिनी प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभाको दशौं अधिवेशन



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दशौं अधिवेशनको आह्वान गरेका छन् । बैशाख २० गते बैठक बस्ने गरि प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयको सूचनाको आधारमा प्रदेशसभा सचिवालयले आज एक सूचना प्रकाशित गर्दै बैशाख २० गते दिनको १ बजे बस्ने गरि प्रदेशसभको बैठक बस्ने जनाएको छ । सूचनमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखबाट प्रदेशसभा बैठक आह्वान भएको जनाइएको छ ।

प्रदेशसभा नियमावलीको नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभा सदस्यहरुलाई बुटवल स्थित प्रदेशसभाको बैठक कक्षमा उपस्थित हुने प्रदेशसभा सचिवालयले सूचित गरेको छ ।

प्रदेशसरकारले दशौं अधिवेशन दाङमा नवनिर्मित प्रदेशसभा भवनमा बसाल्ने प्रयास शोरुप बैठक आह्वान गर्न ढिला गरेको भएपनि प्रदेशसभाको बैठक ६ महिना भित्र बस्नैपर्ने प्रावधानका आधारमा बैठक बोलाइएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ । भवन सम्पन्न हुँदा ६ महिना नाघ्ने अवस्था आएपछि सबै सांसदहरु स्थानीय तह निर्वाचनमा व्यस्त भएका बेला सरकारले प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : ०७ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना