२० मंसिर २०८२, शनिबार | December 7, 2025

संबिधानमा लेखिएको श्रमिकको अधिकार व्यवहारमा कार्यान्वयन भएन : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले श्रमिकहरुकै संघर्षबाट आएको संबिधानले प्रत्यक श्रमिकलाई उचित श्रमको अधिकार र उचित पारिश्रमिकको सुनिश्चितता प्रदान गरेको भएपनि व्यवहारमा कार्यान्वयन नभएको बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रदेश प्रमुख शेरचनले शुभकामना सन्देश जारी गर्दै औपचारिक र अनौपचारिक दुबै श्रमिकलाई सामाजिक सुरक्षाके दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश प्रमुख शेरचनले विद्येमान श्रम सम्बन्ध र शोषणका रुप आर्थिक, सांस्कृतिक क्षेत्रमा आजपनि सामान्तवादको अवशेषकारुपमा शोषण र उत्पिडन कायम रहेको सन्देशमा उल्लेख गरेका छन् । सामन्तवादको अवशेषबाट हुने शोषण र उत्पिडनको अन्त्य अहिलेको आवश्यकता भएको शेरचनले सन्देश मार्फत औंल्याएका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरुको हित अनुकुल श्रम वातावरण, उचित पारिश्रमिक, राजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षा लगायतका श्रम अधिकारहरु सार्थकरुपमा प्रयोग गर्न पाउन् । प्रदेश प्रमुखको शेभकामना सन्देशमा लेखिएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : २५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल