१ चैत्र २०८२, आइतबार | March 15, 2026

सामाजिक विविधता नै नेपाली समाजको पहिचान र सामर्थ्य : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान पर्व ईदले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा ईद (ईद उल फित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

यस पर्वले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

‘ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ,’ सन्देशमा भनिएको छ, ‘इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुशी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्छ ।’

सन्देशमा विविधता नै नेपाली समाजको पहिचान र सामर्थ्यको रूपमा रहिआएको उल्लेख गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘मुलुकमा रहेका अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ, संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।’

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : २१ बजे

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज

धनुषा-१ मा रास्वपाका साहको पक्षमा अन्तरिम आदेश अस्वीकार, मातृका यथावत

काठमाडौं । सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १