२९ भदौ २०८३, सोमबार | September 14, 2026

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने समस्यासँग भागेर समाधान हुन्छ अध्यक्षज्यू ?



काठमाडौं । खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छोडेका छन् ।

कुवेती नागरिक अब्दुल्लाह खेलाडी आफूलाई कुनै जानकारी नगराई प्रशिक्षण छोडेको बताइरहँदा खेलाडीले भने प्रशिक्षकको व्यवहारबाट आजित भई होटेल छाड्न परेको स्पष्टीकरण दिएका छन् ।

खेलाडी र प्रशिक्षक दुबैले एक अर्कालाई आरोप लगाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्रसमेत बुझाएका छन् ।

यसैबीच खेलकुद अझ फुटबलमा लागेकाले टेबल वार्ता हुनुपर्ने र सानो ईश्युलाई ठूलो नबनाउन आग्रह गर्दै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङसहित उपाध्यक्ष वीरबहादुर खड्का , कृष्ण थापा र सदस्य दावा लामाले विवाद समाधान गर्न कार्यसमिती बैठक बोलाउन आग्रह गरेका छन् ।

खेलाडीले समस्या समाधाम गर्न एन्फालाई आग्रह गरेका छन् । तर एन्फा नेतृत्व त्यसका लागि सकारात्मक नभएको देखिन्छ ।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले मंगलबार बिहान सामाजिक सन्जालमा पोस्ट गर्दै अध्यक्षलाई समस्यासँग भागेर समाधान नहुने र समस्या समाधाम गर्न आग्रह गरेका छन् ।

ुसमस्यासँग भागेर समाधान हुन्छ र ? अध्यक्ष ज्यु ? आगामी ६ असारमा अध्यक्षका लागि निर्वाचन लड्ने तयारी गरेका पंकजले लेखेका छन् ।

यस्तै उनले संस्थागत निर्णय गर्न ढिला भएको समेत बताएका छन् । चाँडै बैठक बोलाउनुहोस्, संस्थागत निर्णय गरौँ । ढिलो भइसक्यो, उनले भनेका छन् ।

यसअघि १४ वैशाखमा असन्तुष्ट रहेका खेलाडीले होटल छाडेका थिए । यहि विवाद समाधान गर्न खेलाडीले हिजो (मंगलबार) खेलकुद मन्त्रीलाई भेटेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : २० बजे

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी