२६ माघ २०८२, सोमबार | February 10, 2026

सेयर बजारको ओरालो रोकिएन, बिहीबार ३७ अंकको गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजार नेप्से ३७ अंकले घटेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार घटेर २२ सय ३८ दशमलव ६२ अंमा पुगेर बन्द भएको हो ।

नेप्से परिसूचक बुधबार ३१ दशमवल ७६ अंकले गिरावट आएको थियो । नेप्से २२ सय ७५ अंकबाट खुलेको सेयर बजार अन्तिम समयमा घटेर २२ सय ३८ मा पुगेर बन्द भएको छ ।

बजारमा सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३४ अंकले घटेर ४ सय ३२ अंकमा पुगेको छ। यो साता तीन दिन मात्र खुलेको सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । सोमबार २३ सय ५८ बाट खुलेको नेप्से बजार साताको अन्तिम दिन बिहीबार २२ सय ३८ अंकमा झर्दा नेप्से एक सय २० अंकले गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार र तेस्रो दिन मंगलबार सार्वजनिक बिदाले बन्द रहेको थियो । नेप्सेमा बिहीबार ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बिहीबार दुई सय ३२ कम्पनीको सेयर खरिदबिक्री हुँदा दुई सय १४ कम्पनीका सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ३८ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी