चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जाने चेतावनी दिएका छन् । चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट हाल्न र आफुलाई विश्वास गर्न आग्रह गरे ।
गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी समेत रहेकी माओवादी नेतृ रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेपछि चितवमा गठबन्धन गिजोलिएको छ ।
‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने ।
गठबन्धनलाई विश्वास गर्न आग्रह गर्दै गठबन्धनलाई बीस वर्षसम्म लैजाने प्रचण्डले उद्घोष गरे ।



















प्रतिक्रिया