५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा



नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका सायरीहरुमाथि ट्राफिक प्रहरीको डण्डा चल्न सुरु भएको छ । सवारी साधनका पछाडी लेखिएका बिभिन्न कविता र सायरीले चालकको ध्यान भंग भई दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले त्यस्ता सामाग्रीहरु हटाउन थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द, वाक्य तथा विभिन्न कोटेशनहरू हटाउन सुरु गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले भने सवारी साधनमा लेखिएका आपत्तिजनक, भ्रामक तथा ध्यान विचलित गर्ने शब्द भएका सामाग्र मात्र हटाउन थालिएको जनाएको छ । त्यस्ता सामाग्रीमा लेखिएका वाक्यहरूले चालक तथा अन्य सवारी प्रयोगकर्ताको ध्यान सडकभन्दा अन्यत्र मोडिन सक्ने भन्दै यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई लेखाइ हटाउन लगाएको बाँके ट्राफिकको दाबी छ ।

ट्राफिक प्रहरीले नियम विपरीत लेखिएका सवारी साधनहरूलाई तत्काल हटाउन निर्देशन दिइनुका साथै आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

सडक दुर्घटना न्यूनीकरणका लागि सवारी नियमको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ८ : ४० बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको