३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा



नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका सायरीहरुमाथि ट्राफिक प्रहरीको डण्डा चल्न सुरु भएको छ । सवारी साधनका पछाडी लेखिएका बिभिन्न कविता र सायरीले चालकको ध्यान भंग भई दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले त्यस्ता सामाग्रीहरु हटाउन थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द, वाक्य तथा विभिन्न कोटेशनहरू हटाउन सुरु गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले भने सवारी साधनमा लेखिएका आपत्तिजनक, भ्रामक तथा ध्यान विचलित गर्ने शब्द भएका सामाग्र मात्र हटाउन थालिएको जनाएको छ । त्यस्ता सामाग्रीमा लेखिएका वाक्यहरूले चालक तथा अन्य सवारी प्रयोगकर्ताको ध्यान सडकभन्दा अन्यत्र मोडिन सक्ने भन्दै यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई लेखाइ हटाउन लगाएको बाँके ट्राफिकको दाबी छ ।

ट्राफिक प्रहरीले नियम विपरीत लेखिएका सवारी साधनहरूलाई तत्काल हटाउन निर्देशन दिइनुका साथै आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

सडक दुर्घटना न्यूनीकरणका लागि सवारी नियमको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ८ : ४० बजे

प्रतिनिधिसभा सचिव अधिकारीले लिए शपथ

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सत्तारुढ रास्वपाका सांसद गणेश पराजुलीले

प्रतिनिधिसभामा नीति तथा कार्यक्रम माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य

संसदमा प्रधानमन्त्रीको अनुपस्थित विरुद्ध कांग्रेसको विरोध जारी रहने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने भएपछि