१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पाल्पा, पर्सा, झापा र धनकुटामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४६ वर्षीय टुक नारायण श्रेष्ठलाई लुम्बिनी मेडिकल कलेज प्रभास हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ ।

पर्साको ठोरी गाउँपालिका–३ ब्रहमनगरस्थित पुलमा बीआर २२ एस २२६२ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा चालक भारत पश्चिमी चम्पारण घर भएका ३६ वर्षीय मनोज महतोको मृत्यु भएको छ ।

झापाको कनकाई नगरपालिका–३ नँया बस्तीस्थित सडकमा को.२३ प ४०४७ नंम्बरको मोटरसाइकल ना.६ ख ९०७९ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय बुद्धकान्त सुबेदी छन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित सडकमा मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा सोही गाउँपालिका–३ मदेन टोल बस्ने ३८ वर्षीय इन्द्र बहादुर याखाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले