२७ मंसिर २०८२, शनिबार | December 13, 2025

नौ महिनामा २० करोडको छाता आयात



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ ।

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो ।

विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ ।

नेपालमा छाता चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र बेलायतबाट आउने गरेको छ ।

पछिल्लो नौ महिनामा चीनबाट मात्र नेपालमा १७ करोड ९ लाख ६० हजार रुपैयाँको छाता आएको छ ।

गत आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट ३५ करोड १९ लाख ७९ हजार रुपैयाँको छाता आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : २६ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु