१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पहिलो एकदिवसिय खेलमा नेपाल जिम्बावे ‘ए’ सँग तीन विकेटले पराजित



काठमाडौं । ब्याटिङ लाइन फेरि एक पटक चुक्दा नेपाल शुक्रबार जिम्बावे ‘ए’ विरुद्धको पहिलो एक दिवसीय खेलमा ३ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेका लागि ओपनर इनोसेन्ट कायाले अविजित ४८ रन जोडे । कायाले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै चेफास जुवाओले ३२ रन जोेडे । उनले २९ बला तीन चौका र दुई छक्का प्रहार गरे ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र करण केसीले समान दुई तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले जिम्बावे सामू १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर एक सय ३६ रनमा सीमित भएको थियो

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे ।

यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । त्यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न जिम्बावेका ब्राड एभान्सले सर्वाधिक चार विकेट लिए । ८.३ ओभर बलिङ गरेका एभान्सले २७ रन खर्चिए । यसबाहेक, भिक्टर न्युची, ब्रान्डन मभुटा र सेफास झुवाओले समान दुई विकेट लिए ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

यसअघि भएको तीन खेलकै ट्वान्टी २० शृंखला १–१ को बराबरीमा टुङ्गिएको थियो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ०२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम