१९ बैशाख २०८१, बुधबार | May 1, 2024

राष्ट्रिय भलिवल : महिलातर्फ न्यु डायमन्ड जितविहीन



काठमाडौँ । साविक विजेता न्यु डायमन्ड एकेडेमी जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिगमा जितविहीन भएको छ । बिहीबार राखेप कभर्डहलमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएसँगै न्यु डायमन्ड जितविहीन भएको हो ।

प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा एपीएफले न्यु डायमन्डलाई २५-१९, २५-१०, २५-९ को सेटमा हरायो । डायमन्डको यो लगातार चौथो हार हो ।

प्रतियोगितामा चार खेल खेलेको एपीएफले एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक जोडेको छ ।

यता, समान खेल खेलेको डायमन्डले एक अंक मात्र जोडेको छ र उपाधि रक्षा गर्ने अवसर गुमाएको छ । पाँच टिमको सहभागिता भएको प्रतियोगितामा एपीएफसँगै नेपाल पुलिस क्लबले पनि समान ९ अंक नै जोडेको छ । त्रिभुवन आर्मीको तीन खेलबाट ६ अंक छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ५ : १४ बजे

ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु

ललितपुर । गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो

कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको

अबको राजनीतिको दिशा केहो भन्ने उपनिर्वाचनले देखाएको छ : महासचिव पोखरेल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अबको

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

काठमाडौं । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर