१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आइपिएल : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स विजयी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स विजयी भएका छन् ।

शनिबार भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सकलाई ६ विकेटले हराउँदै राजस्थानले जित हात पारेको हो । मुम्बईको वान्खेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । १ सय ९० रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले २ बल बाँकी छँदै ४ विकेट गुमाएर जित हात पारेको हो ।

शनिबार नै भएको अर्को खेलमा लखनउले कोलकोत्ता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै जित हात पारेको छ । टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको लखनउले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

१ सय ७७ रनको लक्ष्यसहित मैदान उत्रेको कोलकोत्ता १४ दशमलव ३ बल खेल्दै १ सय १ रनमै अलआउट भयो । जितसँगै लखनउ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । कोलकोत्ता आठौं स्थानमा रहेको छ ।

आईपीएल अन्तर्गत आइतबार दुई खेल हुनेछन् । आजको पहिलो खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गरोल तथा दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : २६ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण