१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

२७ औं कालीगण्डकी युथ क्लब भलिबल प्रतियोगिताको उपाधी गल्याङ युवा क्लबलाई



पुर्तिघाट । कालीगण्डकी युथ क्लब पुर्तिघाट गुल्मीले
आयोजना गरेको साबिक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी गल्याङ युवा क्लबले हात पारेको छ ।

क्लबले आफ्नो २७ औं वार्षिक उत्सबको अबसरमा आयोजना गरेको साबिक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी गल्याङ युवा क्लबले सित्तल चौपारी युवा क्लब बरार्चौर पर्तव लाइ ३-० को सोझो सेटमा निकाल्दै उपाधी हात पारेको हो ।

बेस्टभ फाइभमा भएको फाइनल खेलमा गल्याङले बराचौरलाइ २५-१५, २५-१९ र २५-२० को सोझो सेटमा आफ्नो जित निकालेको हो ।

उपाधी सगै गल्याङ युवा क्लबले प्रथम पुरस्कार ६० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको बरार्चौर पर्वतले ४० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको थियो । त्यस्तै प्रतियोगितामा २ टिमले तेस्रो स्थान हासिल गरेको थियो । सरस्वती युथ क्लब लुङ्दी र मङोलियन युथ क्लब मरिमले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ, पर्वत सहित ४२ टिमको सहभागिता रहेको कार्यक्रम सम्योजक बिक्रान्त श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा बेस्ट स्पाइक सरस्वती युथ क्लब लुङ्दीको लोचन आलेले प्राप्त गरेका छन ।

त्यस्तै बेस्ट ब्लकर बाग्लुङ खोलाखानी युवा क्लबका सुर्य जङ क्षेत्री, बेस्ट लिब्रो सित्तल चौपारी पर्वत बरार्चौरका सुदिप पुन, अनुसासित खेलाडी गल्याङका सुदिप राना र उत्कृष्ट खेलाडी गल्याङकै उमेश सेन्चुरीले प्राप्त गरेका छन । उनिहरुलाइ १ तोलाको चादिको मेडल प्रदान गरिएको खेल सम्योजक नवीन थापाले जानकारी दिए । भलिबल प्रतियोगिता सगै विभिन्न सास्कृतिक कार्यक्रममा क्लबको अध्यक्ष सुमोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको ल कार्यक्रमको संचालन बिक्रान्त श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ४५ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७