२० मंसिर २०८२, शनिबार | December 7, 2025

गठबन्धनका उम्मेदवालाई जिताउन पाँच दलीय गठबन्धनका विद्यार्थीहरुले गरे संयुक्त भेला



काठमाडौ । पाँच दलीय गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुको भेला आईतबार बुटवलमा सम्पन्न भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू, जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल छैठौको संयुक्त भेला गरिएको हो ।

सत्ता गठबन्धनमा आवद्ध दलहरु चुनावी समिकरण सहित स्थानीय निर्वाचनमा होमिएकाले गठबन्धनका उम्मेदवारहरुलाई कसरी जिताउन सकिन्छ र त्यसमा विद्यार्थी संगठनहरुको भूमिका कस्तो रहन्छ भन्ने विषयमा छलफल गर्न भेला गरिएको विद्यार्थी परिचालन समन्वय समितिका संयोजक अर्जुन खनालले बताए ।

भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले अहिले जीतहारको मात्रै विषय नभएर संविधान र व्यवस्था रक्षाको लागि महत्वपूर्ण निर्वाचन भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने दायित्व आफूहरुको काँधमा आएको बताए । उनले सोही अनुसार परिचालित हुन पनि विद्यार्थीहरुलाई आग्रह गरे ।

त्यस अवसरमा मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले नगरपालिकाको मुहार फेर्नको लागि पनि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने भएकाले सबै दलले प्रतिवद्ध भएर गठबन्धनको पक्षमा मतदान गर्नुपर्ने बताउँदै त्यस्तो वातावरण तयार गर्नको लागि विद्यार्थीहरुलाई आग्रह गरे । उनले आफूले चुनाव जितेमा गरेका वाचा र प्रतिवद्धता प्राथमिकताको आधारमा ५ वर्षभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले गठबन्धनको पक्षमा माहौल बनाउन विद्यार्थीहरुलाई आग्रह गर्दै निर्वाचनको समयमा हुने गलत क्रियाकलाप हुन नदिको लागि पनि पहरेदारी गर्न आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ४७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल