१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चुनावमा उठेका मुद्दाहरुको कार्यान्वय गर्न सरोकारवालाको माग



बुटवल । निर्वाचनको बेला धेरै विषयका मुद्दा उठ्ने र त्यसअनुसार ब्यहारिक रुपमा भने कार्यान्वन नहुने सरोकारवालाले बताएका छन् । चाँदनी नेपालको संयोजनमा बुटवलमा भएको महिला, युवा तथा अपाङता भएका प्रतिनिधिहरुको निर्वाचन सम्बन्धि धारणा र सम्बन्धि क्षेत्रका विभिन्न विषयमा छलफल तथा मस्यौदा तयार गर्ने विषयमा एक दिने कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले छलफल र निर्वाचनका बेला बिभिन्न एजेण्डाहरु उठ्ने गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुने गरेको गुनासो गरे ।

नेपालमा निर्वाचन सम्बन्धि कानुनी ब्यवस्था बारे जानकारी दिदै कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश महाशाखा प्रमुख शारदा बश्यालले कानुनमा भएका ब्यवस्थाबारे जानकारी दिदै आवधिक निर्वाचन ल‍ोकतन्त्रको सुन्दर पक्ष भएको बताईन। उनले आधुनिक राज्यको त्यसको कायान्वर्न कस्तो छ भन्ने विषयमा पनि ब्याख्या गरिन ।

युवालाई आकर्षित गर्ने चुनावी घोषणा गरिएपनि कानुनी ब्यवस्था नभएको बताउँदै उनले युवाहरुको एजेण्डा के हुने भन्ने नैतिक दबाबका लागि एउटा दस्ताबेज तयार हुने बताईन।

उनले निर्वाचन समावेसीकरण हुनुपर्ने भन्दै नेपालको कानुनले ब्यवस्था अनुसार नै समावेसीकरण महत्वपुर्ण स्थानमा राखिएको बताईन् ।

चादनी नेपालका भवानी पाण्डेले निर्वाचनको बेला समुदायका धेरै मुद्दाहरु उठ्ने र त्यसको कार्यान्वन फितलो हुने गरेको दुखेसो गरे। लोकतन्त्रको सुन्दर रुप निर्वाचन भएको भन्दै यसको कार्यान्वन महत्वपुर्ण पाटो भएको उनले बताए। नागरिक संगठनले निर्वाचन स्वतन्त्र र स्वच्छ निर्वाचन गराउने लक्ष्यसहित गरिएको सचेतना र अघि बढाउनुपर्ने उनले बताए।

कायृक्रममा एकल महिला, अपाङ्ता भएका, दृष्टिबिहिन तथा युवा र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : २२ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को