१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

चुनावमा उठेका मुद्दाहरुको कार्यान्वय गर्न सरोकारवालाको माग



बुटवल । निर्वाचनको बेला धेरै विषयका मुद्दा उठ्ने र त्यसअनुसार ब्यहारिक रुपमा भने कार्यान्वन नहुने सरोकारवालाले बताएका छन् । चाँदनी नेपालको संयोजनमा बुटवलमा भएको महिला, युवा तथा अपाङता भएका प्रतिनिधिहरुको निर्वाचन सम्बन्धि धारणा र सम्बन्धि क्षेत्रका विभिन्न विषयमा छलफल तथा मस्यौदा तयार गर्ने विषयमा एक दिने कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले छलफल र निर्वाचनका बेला बिभिन्न एजेण्डाहरु उठ्ने गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुने गरेको गुनासो गरे ।

नेपालमा निर्वाचन सम्बन्धि कानुनी ब्यवस्था बारे जानकारी दिदै कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश महाशाखा प्रमुख शारदा बश्यालले कानुनमा भएका ब्यवस्थाबारे जानकारी दिदै आवधिक निर्वाचन ल‍ोकतन्त्रको सुन्दर पक्ष भएको बताईन। उनले आधुनिक राज्यको त्यसको कायान्वर्न कस्तो छ भन्ने विषयमा पनि ब्याख्या गरिन ।

युवालाई आकर्षित गर्ने चुनावी घोषणा गरिएपनि कानुनी ब्यवस्था नभएको बताउँदै उनले युवाहरुको एजेण्डा के हुने भन्ने नैतिक दबाबका लागि एउटा दस्ताबेज तयार हुने बताईन।

उनले निर्वाचन समावेसीकरण हुनुपर्ने भन्दै नेपालको कानुनले ब्यवस्था अनुसार नै समावेसीकरण महत्वपुर्ण स्थानमा राखिएको बताईन् ।

चादनी नेपालका भवानी पाण्डेले निर्वाचनको बेला समुदायका धेरै मुद्दाहरु उठ्ने र त्यसको कार्यान्वन फितलो हुने गरेको दुखेसो गरे। लोकतन्त्रको सुन्दर रुप निर्वाचन भएको भन्दै यसको कार्यान्वन महत्वपुर्ण पाटो भएको उनले बताए। नागरिक संगठनले निर्वाचन स्वतन्त्र र स्वच्छ निर्वाचन गराउने लक्ष्यसहित गरिएको सचेतना र अघि बढाउनुपर्ने उनले बताए।

कायृक्रममा एकल महिला, अपाङ्ता भएका, दृष्टिबिहिन तथा युवा र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : २२ बजे

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको