१८ माघ २०८२, आइतबार | February 1, 2026

पैसा राखेर नमूना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ



सिरहा । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् ।

उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् ।

लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जनाए ।

गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुनः उम्मेदवार बनेका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : २१ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा