१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

लाङटाङका मतदाता भोट हाल्न हेलिकोप्टर चढेर गाउँ फर्किए



रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकाेप्टर चढेर गाउँ फर्किएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकाेप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हेलिकाेप्टर चढेर गाउँ फर्किएका हुन् ।

सडकको पहुँच नपुगेका कारण लाङटाङ क्षेत्रका नागरिक यसअघि पनि हेलिकाेप्टर चढेर भोट हाल्न गाउँ पुग्ने गरेका थिए ।काठमाडौं बस्ने तथा देश बाहिर पुगेका लाङटाङ क्षेत्रका नागरिक निर्वाचनको समयमा गाउँ आउने गरेको लामाले बताए ।

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुग्न काठमाडाैंबाट स्याफ्रुबेसीसम्म गाडी र स्याफ्रुबेसीबाट पैदल यात्रा पछि मात्र पुगिन्छ । काठमाडौंबाट स्याफ्रुसम्म गाडीमा एक दिन र स्याफ्रुबाट डेढदेखि दुई दिनको पैदल यात्रा गरेर लाङटाङ पुगिन्छ । लाङटाङ ट्रेकिङ टुरिजमको रूपमा समेत चिनिन्छ ।

गोसाइँकुण्ड गाउँपालिका-४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र तोकिएको छ । लाङटाङ क्षेत्रमा तीन सय ६३ जना मतदाता रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेमशंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।

निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया सुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चारजना कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको बताइएको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ०७ बजे

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी । सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त