८ पुस २०८२, मंगलबार | December 23, 2025

नारायणमान बिजुक्छेले गरे मतदान



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका – ५ स्थित श्री विद्यार्थी निकेतन मावि साकोठा भक्तपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानका लागि उनी परिवारसहित गाडीमा आएका थिए । चालकसहित श्रीमती शोभा प्रधान, छोरा डा. सुवेग प्रधान गरी चार जनाको संख्यामा आएका उनीहरू मतदान गरेर ८ बजेर ५० मिनेटमा फर्किएका थिए ।

भक्तपुर जिल्लाभरिमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । भक्तपुरमा चारवटा नगरपालिका भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक छन् ।

भक्तपुरमा ५७ हजार दुई सय ७०, मध्यपुर थिमिमा ४१ हजार आठ सय ४२, चाँंगुनारायणमा ४३ हजार एक सय पाँच र सूर्यविनायकमा ४७ हजार तीन सय ६७ मतदाता रहेका छन् ।

जिल्लाका चार वटा नगरपालिकाहरूमध्ये सबैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन् । यहाँं कुल ६२ वटा मतदान केन्द्रहरू छन् । सबैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा छन् । त्यहाँं ४६ वटा मतदान केन्द्रहरू छन् । चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरू छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ३३ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर