१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो



वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् ।

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु तीन खर्ब छ अर्ब एक करोड मूल्यबराबरका सामान भित्रिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताए । चालु आवको पाँच महिनामा रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी, रु ३१ अर्ब ६५ करोडको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन् ।

रु २४ अर्ब ६० करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन्भने रु २२ अर्ब ८५ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १० : ३९ बजे

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान