८ पुस २०८२, मंगलबार | December 23, 2025

मत संकेत सार्वजनिक गरेको भन्दै आयोगले सोध्यो बाबुरामलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ अन्नपूर्ण मावि मतदान केन्द्रबाट आफुले छाता चिन्हमा गरेको मतसंकेतसहितको मतपत्र सार्वजनिक गरेका थिए ।

त्यसलगत्तै सबैतिरबाट आलोचना हुनथालेपछि भट्टराईले गोप्य मतदानप्रति असहमति जनाउँदै गोप्य मतदान भन्ने कुनै सिद्धान्त नभएको जिकिर गरेका थिए ।

तर निर्वाचन आयोगले भने गोप्य मतदान सार्वजनिक गरेको आरोपमा भट्टराईलाई १५ हजार रुपैयाँ जरिवाना किन गर्न नपर्ने भन्दै २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन भनेको छ । मतसंकेत सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था स्थानीय तह निर्वाचनको आचारसंहितामा रहेको छ ।

आयोगको स्पष्टिकरणसहितको पत्र भट्टराईलाई भाइबर मार्फत पठाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : १४ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर