८ पुस २०८२, मंगलबार | December 23, 2025

ओलीले लगाए आरोप – सत्ता गठबन्धनले अनुचित ढंगले हिंसा भड्कायो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सम्मन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् ।

स्थानीय तहको निर्वाचन सकिएपछि एक विज्ञप्ति जारी गर्दै ‌ओलीले सत्ता गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन् ।

प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गरेको ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनले मतदानमा भाग लिएका आम मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गयोु’,ओलीले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ०५ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर