२९ पुस २०८२, मंगलबार | January 13, 2026

१४ जिल्लाका ४४ केन्द्रमा मतदान स्थगित, अर्को मितिमा पुनः मतदान हुने, ६४ प्रतिशत मतदान



काठमाडौं । निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । दलहरुको आपसी विवाद र झडपका कारण १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

राजनीतिक दल तथा उम्मेदवारका बीचमा भएको आपसी विवाद, अत्यनते सानातिना विषयमा पनि विवाद झागिंदै जाने र अन्त्यमा त्यसले उग्र रुप लिदा ति ठाउँमा मतदान स्थगित गरिएको उनको भनाइ छ ।

झडपको अवस्था आएपछि केही स्थानमा प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । आज मौसम खराबीका कारण पनि केही स्थानीय तहमा ठूलो वर्षातका कारणले सबै मतदाताले सहभागी हुन नसकेको स्थितिकाबीच सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थगन गरेको उनको भनाई छ ।

स्थगन गरिएको स्थानमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थिति समेतको आधारमा छिट्टै पुनः मतदानको प्रक्रिया अघि बढाइने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

प्रकृतिको अप्ठ्यारोको कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु, आवागमनमा अप्ठ्यारो भएका जिल्लाहरुमा हेलिकोप्टरको माध्यमबाट भोलि ने मतपेटिकाहरु ओसार्नेगरी आवश्यक व्यवस्था मिलाइएको उनको भनाइ छ ।

आयोगले दुई ठाउँबाट निर्वाचनको अनुगमन गरेको थियो । नियोगद्वारा सञ्चालित कल सेन्टर र निर्वाचन आयोगमा पहिलादेखि नै स्थापना भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणको आधारमा ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान उनले गरे ।

निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान नभएको उनको भनाइ छ । विभिन्न कारणले गर्दा अपेक्षाअनुसार मतदान नभएको उनको भनाइ छ ।

अत्यन्तै सहज पहुँच र सुविधा रहेको काठमाडौं महानगरमा पनि करिब ५२ प्रतिशत मतदान भएको देखिएको छ । भने अन्य क्षेत्रमा पनि यसकै हाराहारीमा मतदान भएको देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ४१ बजे

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई