२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

दीप बोर्डिङ स्कुलमा तीनदिने खेल सप्ताह सुरु, ४५० भन्दा बढी पदकका लागि प्रतिस्पर्धा



बुटवल । बुटवल उपमहानगरपालिका नम्बर ८ सुख्खानगरमा रहेको दीप बोर्डिङ स्कुलमा तीनदिने खेल सप्ताह २०८२ सोमबारदेखि सुरु भएको छ । एक औपचारिक समारोहका बीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले खेल सप्ताहको उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा बोल्दै उपप्रमुख अर्यालले बुटवललाई खेलकुद हबका रूपमा स्थापित गर्ने दिशामा स्थानीय तह सक्रिय रहेको बताइन् । उनले खेलकुद विकासका लागि उपमहानगरपालिकाले ठूलो बजेट विनियोजन गर्दै खेल पूर्वाधार निर्माण तथा विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिइन् । खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान दिने भएकाले विद्यालय तहदेखि नै यसलाई प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरिन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजु र प्राचार्य टिकाराम न्यौपानेले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको चौतर्फी विकासका लागि खेलकुद गतिविधिलाई निरन्तर जोड दिइँदै आएको बताए । उनीहरूले खेलकुदले अनुशासन, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले विद्यालय शिक्षाको अभिन्न अङ्गका रूपमा अघि बढाइएको स्पष्ट पारे ।

खेल संयोजक सुरेन्द्र कुमार शाक्यका अनुसार खेल सप्ताह अन्तर्गत एथ्लेटिक्स, कबड्डी, ब्याडमिन्टन, भलिबल, क्रिकेटलगायतका विभिन्न खेल विधामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा ४५० भन्दा बढी पदकका लागि विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ ।

हाल दीप बोर्डिङ स्कुलमा करिब २ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् भने २ सय शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : ३७ बजे

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको

संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज

लुम्बिनी सरकार : एमालेका मन्त्रीले दिए राजीनामा, सरकारको नेतृत्व परिवर्तन बजेट पछि

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

पोखरा । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस