काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेले पहिलो जित निकालेको छ । महानगरको वडा नंं १ मा एमालेले वडाध्यक्ष जितेको हो ।
एमालेका भरतलाल श्रेष्ठ वडाध्यक्षमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ मत खसेको वडाबाट श्रेष्ठले ६२२ मत ल्याएका छन् । कांग्रेसका किरण श्रेष्ठले ५९८ ल्याए ।
नक्साल, नारायणहिटी नागपोखरी क्षेत्र रहेको यस वडाबाट मेयरमा भने एमालेका केशव स्थापितले जम्मा ३६५ मत पाएका छन् । कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले यस वडाबाट ५५१ मत पाएकी छिन् ।
मेयर पदमा अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैभन्दा धेरै ७८३ मत ल्याएका छन् ।
यो वडामा ३ हज़ार ७ सय ४० मतदाता भएपनि खसेको मत भने २ हज़ार ७९ थियो।



















प्रतिक्रिया