२१ असार २०८३, आइतबार | July 5, 2026

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल भएको छ ।

शीतल निवासमा भएको छलफलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीले राष्ट्रपतिको समन्वयमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतृत्वसँग प्रत्यक्ष संवाद गरेकी यो पहिलो अवसर हो।

छलफल मुख्यतः मुलुकमा निर्वाचनको वातावरण निर्माण गर्ने विषयमा केन्द्रित रहेको छ।

यसअघि राष्ट्रपति पौडेलले अन्तरिम सरकार गठन र त्यससँग सम्बन्धित विषयमा प्रधानमन्त्री कार्की तथा प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। तर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग भने प्रत्यक्ष छलफल भएको थिएन।

प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेस र एमालेले सर्वोच्च अदालतमा पुगेको अवस्थामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग शीतल निवासमा निर्वाचनको वातावरण निर्माणका विषयमा छलफल गरेका हुन्।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ५७ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल