२७ मंसिर २०८२, शनिबार | December 13, 2025

माथिल्लो दोर्दी ‘ए’ को विजुली जेठको अन्तिममा राष्ट्रिय प्रणालीमा जोडिने



लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विजुली जेठ अन्तिमबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ ।

लमजुङको दोर्दीखोलामा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत राष्टिय प्रणालीमा थपिन लागेको हो । संरचना निर्माणको काम सम्पन्न गरिसकेको आयोजनाले आगामी जेठभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्नेगरी सुरुङमा परीक्षण सुरु गरेको हो ।

आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई परीक्षण तयारी सुरु गरिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । आयोजनाको पुनर्निमाणको काम अन्तिम चरणमा पुगेकाले जेठ अन्तिमबाट व्यवसायिक विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट ०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो ।

प्रसारण लाइनको समस्या, कोरोना महामारी र बाढी पहिरोको कारण उत्पादन तालिका धकेलिदै आएको हो । यस अघि आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको थियो । बाढीले पुर्याएको क्षतिको पुन निर्माण गर्दा लागत बढेको छ ।

आयोजनामा बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइप छ । दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको आयोजनाले तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युत गृहमा लगेर पानी खसाल्नेछ ।

रन अफ द रिभरमा आधारित उक्त आयोजनाले २०७१ बैशाख १५ मा विद्युत उत्पादन अनुमति पाएको थियो । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैया रहेको छ । आयोजनाबाट वाषिर्क १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । नदीको वहावमा आधारित ९रन अफ द रिभर० प्रकृतिको आयोजनाको प्रतिफल १५।४५ प्रतिशत छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : २८ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु