१८ माघ २०८२, आइतबार | February 1, 2026

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

सेन्टरको निर्माणपछि दुई देशबीचको सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी विहान भारतीय वायु सेवाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् । त्यहाँ उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । देउवा र मोदीले मायादेवी मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए । त्यसपछि उनीहरुले सेन्टरको शिलान्यास गरेका हुन् ।

‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु,’ मोदीले ट्वीटरमा लेखेका छन्, ‘नेपाल आइपुगेको छु । बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको छ । लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने अपेक्षामा छु ।’

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनीमा ६ घण्टा बिताएर उनी आजै स्वदेश फर्कने जनाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १ : ०० बजे

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु