१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, प्रधानमन्त्री देउवाले गरे स्वागत



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् ।

एक दिवसीय भ्रमणका क्रममा मोदी केही बेरअघि बुद्ध जन्मस्थल लुम्बिनीमा आइपुगेका हुन् । मोदी भारतीय वायु सेनाको हेलिकोप्टरबाट अवतरण गरेका थिए । उनीसँगै आएका दुई वटा हेलिकोप्टरमा अन्य भारतीय विशिष्ठ अतिथिहरु पनि आएका छन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।

मोदीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रा, स्पेशल प्रोटेक्शन गार्डका डाइरेक्टर अरुन कुमार सिंह, सहसचिवहरु अरिन्दम बाक्ची, रुद्र गौरव श्रेस्थ, अनुराग श्रीवस्तव रहेका छन् । यसैगरी नेपालस्थित भारतीय दुतावासका डीसीएम नाम्ग्यल सि खम्पा, स्पेसन डिउटी अफिसर हिरेन जोशी, प्रधानमन्त्रीका निजी सचिव विवेक कुमार र प्रधानमन्त्रीका डाइरेक्टर अभिषेक शुक्ल पनि रहेका छन् ।

प्रधानमन्त्री देउवाको मैत्रिपूर्ण निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन् । बुद्ध जयन्तीको अवसर पारेर आएका मोदीले लुम्बिनीमा भारतद्वारा निर्माण गरिने बौद्ध बिहारको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । यस्तै, मोदी र प्रधानमन्त्री देउवाबीच शिष्टाचार भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ भने बुद्ध जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रमलाई दुवै प्रधानमन्त्रीले सम्बोधन समेत गर्नेछन् ।

मोदीले सबैभन्दा पहिला मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

मोदी आजै अपरान्ह ४ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।

मोदीले लुम्बिनी अवतरण गर्ने वित्तिकै ट्वीट गर्दै बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ५९ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु