२० मंसिर २०८२, शनिबार | December 6, 2025

ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन्



काठमाडौं . भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अहिले भव्य राम मन्दिर बनिरहँदा नेपालीहरु पनि उत्तिकै खुसी भएको दाबी गरेका छन् ।

मोदीले यस्तो बेला भारतमा भव्य राम मन्दिर निर्माण हुँदा नेपाली पनि खुसी भएको दाबी गरेका छन् जति बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भगवान राम भारतमा नभई नेपालमा जन्मेको दाबी गरिरहेका छन् ।

‘जनकपुरमा भैले भनेको थिएँ– नेपाल बिना हाम्रो राम पनि अधुरो छन्,’ सोमबार लुम्बिनीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘मलाई थाहा त आज जब भारतमा भगवान श्रीरामको भव्य मन्दिर बनिरहँदा नेपाली जनता पनि उत्तिकै खुसी छन् ।’

चाहे पशुपतिनाथ होस् या मुत्तिनाथ, जनकपुरधाम होस् या लुम्बिनी, नेपालको आध्यात्मीक आर्शिवादको शक्तिले आफूलाई तानिरहने उनले बताए ।

उनले सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेको बताए । उनले अगाडि भने, ‘वैशाख पूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थको रुपमा बुद्धको जन्म भएको थियो । यसैदिन बोधगयामा ज्ञान प्राप्त गरेर उनी भगवान बुद्ध बने र यसैदिन कुशीनगरमा उनले महापरिनिर्वाण प्राप्त गरे ।’

भौगोलिक सीमाभन्दा माथि उठेर बुद्ध सबैको भएको उनले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : २८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय