१८ माघ २०८२, आइतबार | February 1, 2026

ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन्



काठमाडौं . भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अहिले भव्य राम मन्दिर बनिरहँदा नेपालीहरु पनि उत्तिकै खुसी भएको दाबी गरेका छन् ।

मोदीले यस्तो बेला भारतमा भव्य राम मन्दिर निर्माण हुँदा नेपाली पनि खुसी भएको दाबी गरेका छन् जति बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भगवान राम भारतमा नभई नेपालमा जन्मेको दाबी गरिरहेका छन् ।

‘जनकपुरमा भैले भनेको थिएँ– नेपाल बिना हाम्रो राम पनि अधुरो छन्,’ सोमबार लुम्बिनीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘मलाई थाहा त आज जब भारतमा भगवान श्रीरामको भव्य मन्दिर बनिरहँदा नेपाली जनता पनि उत्तिकै खुसी छन् ।’

चाहे पशुपतिनाथ होस् या मुत्तिनाथ, जनकपुरधाम होस् या लुम्बिनी, नेपालको आध्यात्मीक आर्शिवादको शक्तिले आफूलाई तानिरहने उनले बताए ।

उनले सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेको बताए । उनले अगाडि भने, ‘वैशाख पूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थको रुपमा बुद्धको जन्म भएको थियो । यसैदिन बोधगयामा ज्ञान प्राप्त गरेर उनी भगवान बुद्ध बने र यसैदिन कुशीनगरमा उनले महापरिनिर्वाण प्राप्त गरे ।’

भौगोलिक सीमाभन्दा माथि उठेर बुद्ध सबैको भएको उनले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : २८ बजे

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु