८ पुस २०८२, मंगलबार | December 23, 2025

गठबन्धन धेरै प्रभावकारी भएन : एकीकृत समाजवादी नेता जीवनराम श्रेष्ठ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘बल्ल परिणामहरू आउनेक्रम सुरु भएको छ । गठबन्धनको त्यति धेरै प्रभाव हाम्रो पार्टीको लागि भएन । तर पनि यो एउटा प्रक्रिया जारी रहेकोले अहिले निचोडमा पुग्ने बेला बनिसकेको छैन,’ आज संसद बैठकबाट बाहिरिने क्रममा श्रेष्ठले भने ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृति समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाबीच पाँच दलीय गठबन्धन बनेको थियो ।

स्थानीय तहको परिणामले गठबन्धन टुट्छ त ? भनि पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, ‘यो सबै परिणामहरु आइसकेपछि समिक्षा हुनेछ । राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । यसको छुट्टै महत्व छ ।’

आज विहान मात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि चुनावी परिणामलाई लिएर गठबन्धनप्रति असन्तुष्टी जनाएका थिए । उनले गठबन्धनको समिक्षा गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : १५ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना