२२ भदौ २०८३, सोमबार | September 8, 2026

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा



खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी खजुरा उप शाखा, युवा रेडक्रस सर्कलको आयोजना तथा न्यू डाँफे स्पोर्ट्स क्लब खजुरा डि गाउँ सँगको सहकार्यमा शिविर संचालन भएको हो ।

शिविरमा ४८९ जनाले सेवा लिएको रेडक्रम खजुराले जनाएको छ । शिविर संचालनका लागि नेपालगन्जमा संचालनमा रहेको नेपालगन्ज आँखा अस्पताल र बि एन अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो । शिविरमा ३०९ जनाले आँखा जाँच गराएका थिए । जसमा २५९ जना वयस्क देखि वृद्ध उमेरका थिए भने ५० बढी विद्यार्थी रहेका थिए । शिविरमा छनोट हुनेलाईआँखाको अप्रेसनमा ५० प्रतिशत छुट दिइने नेपालगन्ज आँखा अस्पतालका निर्देशक बद्री श्रेष्ठले जानकारी दिए । मंगलबार भएको स्वास्थ्य शिविरमा ६० जना मोतिबिन्दु अप्रेशन गर्नुपर्ने बिरामी छानोट भएको र आँखामा मासु पलाएको ४१ जना फेला परेको आयोजक नेपाल रेडक्रस सोसाइटी खजुरा उप शाखा, युवा रेडक्रस सर्कलका अध्यक्ष खगेन्द्र दाहालले जानकारी दिए ।

शिविरमा कान सम्बन्धी १८० जनाले चेकजाँच गराएका थिए । जसमध्ये छनोट भएकोलाई कानको अप्रेसनमा ३० प्रतिशत छुट प्रदान गर्न सकिने बि एन अस्पताल नेपालगन्जका स्वास्थ्य अधिकृत राम बहादुर बोहोराले जानकारी दिए । शिविरमा १८ जनमा कानको जालीमा प्वाल भएको समस्या फेला परेको थियो । ती मध्ये कानको अप्रेशन गर्नुपर्ने १८ जना विरामी पहिचान भएको बि एन अस्पतालका नर्सिङ स्टाफ रन्जना बुढाथोकीले जानकारी दिइन् । कान कम सुन्ने बिरामी ३१ जना, ती मध्ये कान सुन्ने यन्त्र प्रयोग गर्नुपर्ने ८ जना रहेका छन् । कानमा फोहोर, कानेगुजी समस्या भएकाहरुलाई पुन चेक जाँच गर्नुपर्ने ३४ जना गरी ५३ जनालाई बि एन अस्पताल नेपालगञ्जमा रिफर गरिएको युवा रेडक्रस सर्कलका सचिव गम बहादुर डाँगरले जानकारी दिए ।

शिविरमा बि एन अस्पताल द्वारा बिरामीको समस्या पहिचान, कम सुन्नेहरु को अडियो ग्राम परीक्षण गरिएको थियो । कतिपय हेरिङ एड गर्नुपर्ने अवस्था भएकालाई अस्पतालमा पुगे ७० प्रतिशत सम्म छुट गरिदिने उनले उल्लेख गरे ।

खजुरा रेडक्रसको युवा रेडक्रस सर्कलका अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विकले मानिसको महत्वपूर्ण अङ्गहरू आँखा र कान स्वास्थ्य शिविर सञ्चालनले ग्रामीण क्षेत्रका बिरामीहरूलाई राहत प्रदान गरेको महसुस भएको बताए । पालिका प्रमुख विकले रेडक्रस सधैँ मानवीय सेवामा आफूलाई तत्पर राखेको बताउँदै स्वास्थ्य शिविर बाट स्थानीय लाभान्वित हुँदा गौरव महसुस भएको बताए ।

नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका सभापति जीवनाथ सापकोटाले विशेषज्ञ सेवा गाउँका ग्रामीण बस्तीहरूमा पुगाउन सकिएको बताउँदै सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरे । चिसो मौसममा पनि सोचे भन्दा धेरै स्वास्थ्य चेकजाँच गर्न आएको बताउँदै सभापति सापकोटाले यस किसिमको शिविर आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्री, बि एन अस्पतालका स्वास्थ्य अधिकृत बोहोराले मन्तव्य राखेका थिए । शिविर सञ्चालनमा प्राविधिक रूपमा सहयोग गर्ने नेपालगञ्ज आँखा अस्पताल र बि एन अस्पताललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ९ : ५९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार