काठमाडौं । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भन्दा बढी मत बालेन्द्र साहलाई आइरहेको छ ।
यो क्रम बुधबारसम्म निरन्तर जारी छ । पाँच वर्षअघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने रणनीति बनाएर अघि बढेका बालेन ‘ब्यालेट बक्स’मा मतदाताको मत लिन सफल भए । युवादेखि वृद्धसम्मले उनलाई मत दिनुमा विशेषगरी राजनीतिक दलका नेतृत्वले मेयरमा उठाएका उम्मेदवारका कारण पनि हो । बालेनले पाएको मतले अहिले राजनीतिक दलका नेता सोच्न बाध्य छन् ।
कांग्रेस र एमालेका नेताले बालेनको पाएको मतलाई स्वाभाविक रूपमा समेत लिएका छन् । बालेनका मतको विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरूको मतको सम्मान गर्नुपर्ने बताएका छन् भने एमाले सचिव योगेश भट्टराईले उम्मेदवार चयनमा पार्टी चुकेको टिप्पणी गरेका छन् । हालसम्म काठमाडौं महानगरको मतगणनाको तथ्यांक हेर्दा साहले ३८ प्रतिशत मत पाएको देखिन्छ । मतगणनाको यो गति निरन्तर रूपमा अघि बढेमा बालेन्द्र साह मेयरमा निर्वाचित नहोलान् भन्न सकिन्न । प्रारम्भिक मतगणनामा देखिएको रुझान कायम रहने हो भने काठमाडौं महानगरको प्रमुखका रूपमा उनले पाँच वर्ष काम गर्न पाउनेछन् ।
दलहरूको परम्परागत र स्थायी संगठनलाई जित्न सकिँदैन भन्ने मान्यतालाई उनले भत्काइदिएका छन् । त्यसो त वडामा एमाले वा कांग्रेस जुनसुकै दलको प्रभाव रहेता पनि बालेनले कांग्रेस र एमाले दुवै पार्टीको भोट काटेर अग्रता लिइरहेका छन् । जस्तो ६ वडामा यसअघि कांग्रेस र एमालेको प्रभाव भनिए पनि योपटक बालेनको पक्षमा ३८ प्रतिशत मत र बाँकी मत एमाले र कांग्रेसलाई बाँडिएर गएको छ । सो वडाको रिपोर्ट हेर्दा के देखिन्छ भने यहाँ एमालेका वडाध्यक्षले ६ सय ३४ मत पाउँदा मेयरका उम्मेदवार केशव स्थापितले ४ सय १३ मत मात्र पाएका छन् । बाँकी भोट बालेनले लिएका छन् ।
त्यसैगरी, कांग्रेसका वडाध्यक्षले ८ सय ९४ मत पाउँदा मेयरमा सिर्जना सिंहले ५ सय ५१ मत मात्र पाएकी छन् । कांग्रेस र एमाले दुवैको बलियो संगठन रहेको यो वडाबाट बालेनको पक्षमा ६ सय ६७ मत परेको छ । यहाँ एमालेको २ सय ३ र कांग्रेसको ३ सय ४३ मत क्रस भएको देखिन्छ । दुवै दलको क्रस भोट ५ सय ४६ रहेको छ । यसमा १ सय २१ मत जोड्दा बालेनले पाएको ६ सय ६७ मतसँग समान हुन आउँछ । यहाँ एमालेका वडाध्यक्षले ६ सय ३४ मत पाउँदा मेयरका उम्मेदवार केशव स्थापितले ४ सय १३ मत मात्र पाएका छन् ।
त्यसैगरी, कांग्रेसका वडाध्यक्षले ८ सय ९४ मत पाउँदा मेयरमा सिर्जना सिंहले ५ सय ५१ मत मात्र पाएकी छन् । कांग्रेस र एमाले दुवैको बलियो संगठन रहेको यो वडाबाट बालेनको पक्षमा ६ सय ६७ मत परेको छ । काठमाडौंको मतदाताले पटकपटक सिकाउँदै आएका छन् सबक काठमाडौंका मतदाताले अप्रत्यासित नजिता दिएको अर्को चुनाव हो, २०४८ सालको आमचुनाव ।
प्रतिष्ठित म्यागजिन न्युजविकले ‘कार्ल माक्स नेपालमा अझै जीवित छन्’ भन्ने शीर्षकमा भण्डारीको अन्तर्वार्ता छाप्यो । सोही अन्तर्वार्ताले भण्डारीको लोकप्रियता चुलियो । साथै उनको लोकप्रियतासँगै एमालेलाई बलियो खम्बा बनाउन पनि मद्दत मिल्यो । २०४८ सालमा तत्कालीन काठमाडौंमा क्षेत्र नम्बर १ बाट संसदीय चुनावमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई र एमाले महासचिव मदन भण्डारी चुनावी प्रतिस्पर्धामा उत्रे । हालको शंखरापुरसहित काठमाडौंको उत्तरपूर्वी क्षेत्र समेटिएको त्यस निर्वाचन क्षेत्रका जनताले अप्रत्यासित नतिजा दिए ।
बहालवाला प्रधानमन्त्रीसमेत रहेका भट्टराईलाई पराजित गरेर भण्डारीलाई ७ सय ५१ मतले जिताए । भण्डारीले २७ हजार ३ सय ७२ मत पाउँदा भट्टराईले २६ हजार ६ सय २१ मत पाएका थिए । त्यस्तै, काठमाडौंको अर्को चामात्कारिक चुनाव हो २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन । काठमाडौंको सो चुनावमा नानीमैयाँ दाहाललाई सम्झिने गरिन्छ । २०३८ साल वैशाखमा भएको राष्ट्रिय पञ्चायतको चुनावमा उनले काठमाडौंबाट अभूतपूर्व मत ल्याएर जितिन् । त्यतिखेर नानीमैयाँले जित्ने आँकलन कसैले पनि गरेका थिएनन् । तर, मतदाताले नानीमैयाँलाई जिताएर सबक सिकाए । यसअघि २०६४ सालको संविधानसभाको निर्वाचनमा काठमाडौंका मतदाताले नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई चुनावमा हराएर सबक सिकाइसकेका छन् ।
शान्ति प्रक्रियामा आएको माओवादीले नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न आग्रह गरेको थियो । त्यतिबेला नेपालले काठमाडौंमा १२ वटा क्षेत्र भएमा मात्रै गठबन्धन हुन सक्ने भन्दै आफ्नो आडम्बर देखाए । अप्रत्यासित रूपमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई काठमाडौं-२ मा पराजित गरेर माओवादीका जिल्लास्तरीय नेता झक्कुप्रसाद सुवेदी संविधानसभा सदस्य बनाएका थिए । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।


















प्रतिक्रिया