४ पुस २०८२, शुक्रबार | December 19, 2025

बारास्थित पूर्वपश्चिम राजमार्गका अधिकांश पुल साँघुरा र जीर्ण



बारा । बढ्दो सवारीसाधनको चापसँगै बारामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो ।

पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरूदण्ड मानिन्छ, दिनहुँ सोही राजमार्ग भएर हजारौं सवारीसाधन गुड्छन् । देशको विकासको आधार बनेको यस राजमार्गअन्तर्गत विभिन्न ठाउँका पुल अहिले साँघुरो र जीर्ण भएका छन् । पुल साँघुरोे भएकै कारण राजमार्गमा घण्टौँ जाम हुने गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बारामा मात्र साना तथा ठूला गरेर एक दर्जन बढी पुल छन् । अधिकांश पुल साँघुरो र जीर्ण भएर सवारी जाम बढिरहेको छ ।
औसत पुलको आयु ५० देखि ६० वर्षको हुने बताइन्छ, तर बारामा निर्माण गरिएका पुलहरू करिब ७० वर्षभन्दा पुराना छन् । पुल साँघुरोे र जीर्ण भएको वर्षौं भइसके पनि सरकारले नयाँ पुल निर्माणमा कुनै चासो दिएको छैन, जस कारण हजारौँ यात्रु जोखिम मोलेर गर्नुपर्ने यात्राको अन्त्य तत्काल हुने देखिँदैन ।

सरकारले महंगो सवारी कर लिने गरेको पनि सडक निर्माणमा चासो नदिएकै कारण म्याद सकिएको पुलमा जीवन नै दाउमा राखेर सवारी चलाउन बाध्य भएको सवारी चालकहरूको गुनासोे छ ।

बाराको पसाहा, बालगंगा, भमारा पुल, एक नम्बर पुललगाएतका पुल साँघुरोे र जीर्ण छन् । साँघुरा र जीर्ण पुलकै कारण ट्राफिक जामसमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यलय बाराको अधिकांश समय पुल क्षेत्रमा रहेका सवारीसाधनलाई व्यवस्थापन गर्नेमा बढी समय खपत हुने गरेको छ । पुलहरूमा सवारी चाप दैनिक बढिरहेको र साँघुरो पुलका कारण जाम हुने गरेकाले अधिकांश ट्राफिक प्रहरी त्यहीँ जाम न्यूनीकरणका लागि खटाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । उनले नयाँ पुल निर्माण नभएसम्म समस्या समाधान नहुने बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : ४४ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म