२९ असार २०८३, सोमबार | July 13, 2026

बाँकेमा पुल र सडकका एक सय ३२ आयोजना



नेपालगन्ज । जिल्लामा लुम्बिनी प्रदेश तथा स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुने भएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा तीमध्ये ५३ को सम्झौता भइसकेका, ५७ आयोजना मूल्याङ्कनको चरणमा र २२ आयोजनाको बोलपत्र आह्वान भइसकेको हो ।

सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख दीपक खड्काका अनुसार चालु आवमा निर्माण सुरु गर्नेगरी २२ आयोजनाको बोलपत्र आह्वान भएको छ । रु छ करोड ४३ लाख बराबरको सडक तथा पुलका आयोजना जिल्लाको नेपालगन्ज् उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा रहेका उनले जानकारी दिए ।

जिल्लामा सञ्चालित पुल र सडकका आयोजनालाई प्रदेशस्तरका प्रमुख राजमार्ग एवं प्रदेशका गौरवका योजना, प्रदेश पूर्वाधार विकास कार्यक्रम, प्रादेशिक सडक, साना सडक, स्थानीय तह पहुँच मार्ग, पर्यटनस्थल पहुँच मार्ग भनेर नामाकरण गरिएको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले जनाएको छ ।

साथै सीमा सुरक्षापोष्ट सडक सञ्जाल कार्यक्रम, सीमा क्षेत्र विकास कार्यक्रम, कृषि सडक, सडक पुल क्रमागत, सडक पुल नयाँ र अधुरा ठेक्का व्यवस्थापनलगायत रहेका प्रमुख खड्काले बताए । सडक मर्मत, सुधार एवं सुरक्षा कार्यक्रमअन्तर्गत आवधिक मर्मतका साथै नियमित मर्मत भइरहेको उनले जानकारी दिए । सीमित स्रोत र साधनका कारण काम गर्न असहज भइरहेको प्रमुख खड्काले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : ५० बजे

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा