८ पुस २०८२, मंगलबार | December 24, 2025

राप्ती नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका लामा विजयी



चितवन । नेकपा एमालेको गढका रूपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिका नेकपा (एकीकृत समाजवादी)ले जितेको छ । एमाले विभाजनपछि बनेको समाजवादीका शमशेर लामा राप्तीको मेयरमा निर्वाचित भएका हुन् ।

लामा ४७३ मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार ५२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्द प्रसाद कँडेलले १२ हजार ५१ मत ल्याए ।

राप्तीमा एमालेभित्र आन्तरिक विरोध रहेको थियो । यसअघिका उपमेयर इमानसिंह लामा मेयरको दौडमा थिए । तर मेयरको बलियो सम्भावना भएका इमानसिंहले मेयरको टिकट पाएनन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र लामा २३४ मतान्तरले निर्वाचित भए । देवेन्द्रले १२ हजार ६८२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत ल्याइन् ।

राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १० : ०० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना