८ पुस २०८२, मंगलबार | December 24, 2025

नगरप्रमुख गुम्दा पनि उपप्रमुखको पद जोगाउने बुटवलकी नवनिर्वाचित सावित्राको यस्तो छ राजनीतिक यात्रा



बुटवल । कांग्रेसका पुराना नेता सुर्य प्रसाद प्रधान पछि कांग्रेसलाई टाउको उठाउनै नदिएको एमालेले बुटवल र रुपन्देहीमा लज्जास्पद हार व्यहोर्न बाध्य हुँदा धेरै स्थानहरुमा उपमेयरमा चुनाव जितेर महिलाहरुले एमालेको साख बचाईदिएका छन् । अन्य स्थानहरुमा जस्तै रुपन्देहीको बुटवलमा पनि एमालेको किल्ला भत्काएर नगर प्रमुख एमालेको हातबाट गुम्दा बुटवल उपमहानगरको उप मेयरमा भने एमाले नेतृ सावित्रा अर्यालले जित हाँसिल गरेर एमालेको साख बचाइदिएकी छन् ।

पांचदलिय गठबन्धन सहित आएको गठबन्धनको शक्तिलाई पराजित गर्दै सावित्रा बुटवल उपमहानगरकी उप प्रमुख बनेकी छन् । नेकपा एमालेकी केन्द्रिय सदस्य समेत रहेकी अर्यालले गठबन्धनबाट उपप्रमुखका उम्मेदवार एकिकृत समाजवादीका चिनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएकी हुन्।

उपप्रमुखमा विजयी अर्यालले २४ हजार ९ सय ४ मत ल्याउंदा, गुरुङले १६ हजार ९ सय ८० मत मात्र ल्याएका छन्। मतका आधारमा आंकलन गर्दा मेयरमा खेलराज पाण्डेले मत पाउँदा खेलराजले पाएको धेरै मत उपमेयरमा सावित्राले ल्याएको मतबाट पनि पुष्टी हुन्छ । एकीकृत समाजवादीका गुरुङले पाएका मतलाई आधार मान्दा मेयरमा खेलराजलाई मतदान गरेका धेरैले उपमेयरमा सावित्रालाई दिएको देखिन्छ ।

२०३६ सालको आन्दोलनबाट सक्रिय राजनितिमा प्रवेश गरेकी अर्यालले २०४७ सालमा तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहंदै आएकी छन्। सदस्यता नपाउँदै पार्टीको भूमिगत राजनीतिमा लागेकी सावित्राको रुपन्देही, नवलपरासी र पाल्पामा तत्कालिन माले र एमाले निर्माणमा ठूलो योगदान रहेको छ । हाल नेकपा एमाले केन्द्रिय सदस्य रहेकी अर्याल २०४९ सालमा तत्कालिन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित र २०५४ सालमा निर्वाचित वडा सदस्य भएर जनप्रतिनिधीको भूमिका निर्वाह गरिसकेकी छन् ।

२०६२/६३ मा भएको जनआन्दोलनकी घाईते समेत रहेकी अर्याल बुटवल महिला जेसिजबाट लेडी अफ द एयर २००८ बाट सम्मानित भएकी थिईन्। अर्यालकै सक्रियतामा बाल्यकालमा विद्यालय जान नपाएका आमाहरुका लागि महिला विद्यालय स्थापना गरि शिक्षा क्षेत्रमा अभियान चलाएकी छन्। उनको अग्रसरता र अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिलेपनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका १ सय भन्दा बढि महिलाहरु अध्ययनरत छन्।

शिक्षाक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभुषित समेत भईसकेकी छन् । अर्याल शिक्षासंगै संचारक्षेत्रमा पनि निरन्तर क्रियाशिल छन्। बुटवलमा महिलाहरु मात्रैले स्थापना गरेको रेडियो मुक्तिको पुर्व अध्यक्ष, रेडियो मदनपोखराको संस्थापक सदस्य, लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य रहेकी अर्याल जिवराज आश्रीत स्मृति प्रतिष्ठान र मदनआश्रीत अक्षयकोषको पनि संस्थापक सदस्य छन्। बाबु नेत्रप्रसाद आचार्य र आमा दिलकुमारी आचार्यको कोखबाट पाल्पाको कुशुमखोलामा जन्मिएकी अर्याल विष्णुप्रसाद अर्यालसंग विवाह भएपछि बुटवलमा बस्दै आएकी छन्।

एक छोरा र एक छोरीकी आमा अर्यालले प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन्। विभिन्न सामाजिक क्षेत्रका काममा सक्रिय रहँदा बुटवलवाशीसंग नजिक रहेकी अर्यालले पाँचदलिय गठबन्धनबाट नगरप्रमुख र उपप्रमुख दुबै पदमा पुरुष उम्मेदवार भएपछि त्यसको फाईदा लिन सकिन्।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ६ : २२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना