१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

आइपिएल : पन्जाबले हैदरावादलाई हरायो



काठमाडौं । अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेसँगै पञ्जाव किङ्सले छैटौं स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता टुङ्ग्याएको छ ।

लिग चरणको अन्तिम खेलमा हैदराबादले दिएको १५८ रनको लक्ष्य पञ्जावले १५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेेकाे हाे ।

पञ्जावको जितमा लियम लिभिङ्स्टोनले सर्वाधिक ४९ रन बनाए । उनले २२ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै, शिखर धवनले ३९ रन बनाउँदा जोनी बेरेस्टोले २३ सँगै साहरुख खान र जितेश शर्माले समान १९ रन बनाए ।

हैदराबादका फजालहक फारुकीले दुई विकेट लिए । यस्तै, वासिङ्टन सुन्दर, जगदिस सुचिथ र उम्रन मलिकले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै, रोमारियो सेफर्डले २६, वासिङ्टन सुन्दरले २५ र आइदेन मार्करमले २० रन बनाएका थिए ।

पञ्जावका नाथन एलिस र हरप्रित ब्रारले समान तीन विकेट लिँदा कगिसो रबाडाले एक विकेट लिएका थिए ।

जितसँगै १४ खेलबाट १४ अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा उक्लियो । यस्तै, समान खेलबाट १२ अंक जोडेको हैदरबादले भने आठौं स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : २५ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट