२० मंसिर २०८२, शनिबार | December 6, 2025

बिदाको दिन चलाएका सरकारी सवारीसाधन नियन्त्रणमा



काठमाडौं । सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी नम्बर प्लेटका सवारीसाधन धमाधम कारबाहीमा पर्न थालेका छन् ।

सरकारले यही जेठदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार पनि बिदा दिने निर्णयसँगै सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारीसाधनको प्रयोग बढेसँगै ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले बिदाको दिन बिना पास सञ्चालन गरिएका सरकारी नम्बरका सवारीसाधन नियन्त्रणमा लिइरहेको बताएका छन् ।

कार्यालयले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णयपछि सरकारी नम्बर प्लेटका सवारीसाधनको प्रयोग बढेकाले निगरानी बढाएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत बिहीबार सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

जिल्ला सुरक्षा समितिको बैठकले अत्यावश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी गरेर मात्र सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । बैठकले पास नलिई र अत्यावश्यकबाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार र आइतबार गरेर दर्जन बढी सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । ‘अहिले सुरुसुरु भएकाले दिनभरि नियन्त्रणमा लिएर एकपटकका लागि छाड्ने गरेका छौं, अब बिस्तारै नियमअनुसार कारबाही गर्छौं,’ कार्यालयका एक अधिकारी भन्छन् ।

ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्नैपर्ने भएमा पास लिएर मात्र सञ्चालन गर्नसमेत अनुरोध छ ।

ट्राफिक प्रहरीले उपत्यकामा मात्र नभएर उपत्यकाबाहिर पनि सार्वजनिक बिदाका दिन सञ्चालन हुने सरकारी नम्बर प्लेटका सवारीसाधनलाई नियन्त्रण लिइरहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारीसाधन शनिबार पाँच सवारीसाधन नियन्त्रणमा लिएको छ । झापालगायत अन्य जिल्लामा पनि सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको छ ।

यसअघि, मन्त्रिपरिषद् बैठकले १ जेठदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । इन्धन खपत कम गर्न भन्दै दुई दिन सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले पनि सार्वजनिक बिदाको दिन सार्वजनिक निकायका सवारीसाधन नचलाउन निर्देशन दिएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : १६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले