१ पुस २०८२, मंगलबार | December 16, 2025

आर्थिक वर्ष २०७९/०८० मा सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु हुने



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको छ ।

केही वर्ष यता राजमार्ग निर्माणाधीन छ । तर, नयाँ आर्थिक वर्षमा निर्माण सम्पन्‍न गर्ने सरकारले लक्ष्य लिएको हो ।

त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ ।

सिद्धबाबा सुरुङमार्गको निर्माण पनि नयाँ आर्थिक वर्षमै सुरु गरिने भएको छ ।

पृथ्वी राजमार्गको मजिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणका लागि पूर्व तयारी गरिने भएको छ ।

तीन सय सडक पुलको निर्माणसँगै महाकाली नदीमा निर्माणाधीन दोधारा–चाँदनी जोड्ने पुलको निर्माण सम्पन्न गरिने पनि सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सुरु गरिने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ४३ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच