१७ श्रावण २०८३, आइतबार | August 3, 2026

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ



काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदान समय मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।

महाधिवेशनमा कुल ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ भने थप १० वटा मेसिन ‘ब्याकअप’का रूपमा राखिने छन् । एक जना प्रतिनिधिले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा २ हजार २६३ जना प्रतिनिधि सहभागी छन् ।

एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि गत बिहीबार सम्झौता गरेको थियो । त्यसपछि शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विद्युतीय मेसिनमार्फत नमुना मतदान अभ्यास पनि गरिएको थियो ।

महाधिवेशनमा १९ पदाधिकारी पदका लागि कुल ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

आजको मतदानपछि मतगणना र परिणाम घोषणा गरिने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : ५४ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले