२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

काठमाडौं मतगणना अपडेट : बालेनको अग्रता कायम, सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन् ।

पछिल्लो मत परिणामअनुसार बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिंहले ३४ हजार ६०८ मत ल्याएकी छन् । बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन् । एमालेका स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन् । उनले ४६ हजार ३४७ मत पाउँदा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १६ हजार २८३ मत मात्र पाएका छन् ।

काठमाडौं महानगरमा अहिलेसम्म एक लाख ७० हजार मतगणना भएको छ । बिहीबारसम्ममा सबै मतपरिणाम आइसक्ने बताइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ७ : ३६ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र