१३ पुस २०८२, आइतबार | December 28, 2025

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु



काठमाडौं । झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका-१ मा को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १-०२-०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार भोजपुर षडानन्द नगरपालिका-८ घर भएका २३ वर्षीय टिचोहाङ राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको रामधुनी नगरपालिका-१ झुम्का बजारमा प्रदेश १-०२-०३ त १९७८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका-२ बस्ने ७० वर्षीया जैती देबी चौधरी रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका-९ नागढुङ्गाको ओरालोमा ग.१९ प ५२१ नम्बरको स्कुटर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार सोही महानगरपालिका-३३ तल्लो पुडिटार बस्ने ४० वर्षीय किशोर कुमार थापा रहेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका-१० सुकेपोखरीस्थित सडकमा ना.६ ख ३२६८ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीया महिला रहेकी छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

कपिलवस्तुको बुद्धभूमी नगरपालिका-२ पानीधारास्थित सडकमा ना.५ ख ७७५ नम्बरको बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-९ जग्दिशपुर बस्ने ३० वर्षीय अशोक थारु रहेका छन् । उनको बुधबार बिहान मृत्यु भएको हो ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ३३ बजे

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको