१३ पुस २०८२, आइतबार | December 28, 2025

२१ जेठमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने



ललितपुर । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ ।

पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।

उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइन्छ ।

हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो देखाइनेछ ।

भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा६ राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ ।

हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्‍याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : १५ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि