१६ माघ २०८२, शुक्रबार | January 30, 2026

नेपालका हिमाल आरोहण गर्न सबैभन्दा बढी कुन देशबाट आउँछन् ?



काठमाडौं । नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् । यी बाहेक अन्य ९२२ जना विदेशी रहेका छन् ।

हिमाल आरोहणको लागि अनुमति लिनेहरुमध्ये केहीले आरोहण गरिसकेका छन् भने केही आरोहण गर्ने क्रममा रहेका छन् । आरोहणको लागि स्वीकृति लिनेमध्ये ७७३ जना पुरुष र २१३ जना महिला छन् ।

पयर्टन विभागका अनुसार नेपालका हिमाल आरोहणको लागि अनुमति लिने विदेशीमा सबैभन्दा बढी अमेरिकी रहेका छन् । यसवर्ष हालसम्म १३८ जना अमेरिकीले नेपालका हिमाल आरोहण गर्न अनुमति लिएका छन् ।

अमेरिकीपछि ठूलो संख्या बेलायतीहरुको छ । ११० जना बेलायतीले विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएको विभागले जनाएको छ ।

नेपालका हिमाल आरोहण गर्न अनुमति लिनेमा युनाइटेड अरब इमिरेट्सका १८, स्पेनका ३०, रुसका २९, रोमानियाका ११, दक्षिण कोरियाका १४, नर्वेका १४, नेदरल्याण्ड्सका १७, अष्ट्रेलियाका ३१, अष्ट्रियाका २९, ब्राजिलका ११, क्यानडाका ३६, चीनका २४, चेक रिपब्लिकका ११, फ्रान्सका ६१, जर्मनीका २७, भारतका ६९, आयरल्याण्डका १२, इरानका १९ र जापानका १६ जना रहेका छन् । बाँकी आरोही अन्य देशका छन् ।

आरोहणको लागि अनुमति दिँदा सरकारले यसवर्ष हालसम्म ४९ करोड ३ लाख ७२ हजार ८०७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ५ : ५८ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र