११ चैत्र २०८२, बुधबार | March 25, 2026

आवश्यकताको आधारमा परियोजना बैक बनाएर आयोजना छनौट गरिने



उदयपुर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० को बजेटमा प्राथमिकता तथा आवश्यकताको आधारमा परियोजना बैक बनाएर आयोजना छनौट गर्ने नीति लिएको छ । प्रदेश सरकारको योजना आयोगमार्फत परियोजना बैक निर्माण गर्ने र स्थानीय तहले छनौट गरेर पठाएका योजनाहरु प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने नीति अख्तियार गर्ने तयारी गरिएको प्रदेश १ सरकारका आन्तिरिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले जानकारी दिए ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा योजना मन्त्रालयले जिल्ला सदरमुकाममा आयोजित आर्थिक बर्ष २०७९/८० को बजेट तर्जुमा छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ईन्द्र आङ्बोले सो जानकारी दिएका हुन् ।

जथाभाबी योजना छनौट हुने विद्यमान अवस्थाको अन्त्य गर्न परियोजना बैकको अबधारणा अगाडि ल्याइएको उनले बताए । मन्त्री आङ्बोले तीन तहका सरकारको आ आफ्नै वित्तीय अधिकार प्रयोग गर्ने गरेकोमा मालपोत, सवारी कर तथा प्राकृति श्रोत साधन उपयोग करबाट हुने आम्दानीले प्रदेश सरकार चलेको मन्त्री आङबोले जानकारी दिए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमको बारेमा सुझाब तथा छलफल गर्ने क्रममा उदयपुरका ६ वटा पालिकाका नवनिर्वाचित नगर प्रमुख तथा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखको उपस्थित थियो ।

कार्यक्रममा पालिका प्रमुखहरुले प्रदेश सरकारले बनाउने बजेटमा गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे हुनु पर्ने, विद्युत ,खानेपानी, सिचाई र नदी नियन्त्रण जस्ता समस्याहरुलाई समाधान हुने गरि योजना बनाउन सुझाव दिएका थिए ।

आगामी आर्थिक वर्षको योजना र बजेट तर्जुमाबारेमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा योजना मन्त्रालयलका सचिव कालिप्रसाद पराजुलीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि सहभागीहरुबाट उठाइएका विभिन्न प्रश्नहरुको मन्त्री आङ्बोले संक्षिप्त रुपमा जवाफ दिएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ६ : ४७ बजे

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका